जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको छ।
गृह मन्त्रालयको निर्देशनअनुसार शनिबार जारी गरिएको सो सूचनाअनुसार आउँदो कात्तिक ४ गतेभित्र हतियारधनीहरूले बुझाइ सक्नुपर्ने प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए।
खासगरी, निर्वाचन स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पत्र गर्न यस्ता हतियार जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालयमा बुझाई सक्नुपर्ने अन्यथा प्रचलित कानुनबमोजिम भइजाने प्रजिअ दाहालले स्पष्ट पारे।