सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ।
शनिबार राति ८ः३० बजे भरतपुर महानगरपालिका भरतपुर २९ सत्रकिलोस्थित खानी खोला पुलनजिक सुख्खा पहिरो खसेको हो।
पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ।
सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरू गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।
बिहीबार मात्रै भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा पहिरो खसेर सडक अवरूद्ध भएको थियो।
यो वर्ष मात्रै दुई दर्जनभन्दा धेरै पटक पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।