डडेल्धुरासहित सुदूर पहाडका जिल्लामा विद्युत सेवा अवरूद्ध भएको छ।
कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत सेवा अवरूद्ध भएको विद्युत प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए।
उनका अनुसार आइतबार रातिदेखि विद्युत सेवा अवरूद्ध भएकामा अहिले मर्मतको काम जारी छ। मर्मत हुनेबित्तिकै विद्युत सेवा सञ्चालन हुने जनाइएको छ।
उनका अनुसार अघिल्लो साता १३२ केभीको लाइनमा समस्या आएपछि ३३ केभीबाट सेवा सञ्चालन गरिएको थियो।
आजसम्म १३२ केभीको प्रसारण लाइन पनि मर्मत भइसक्ने यादवले बताए। विद्युत अवरूद्ध हुँदा नेट इन्टरनेटसँग सामाजिक सञ्जाल प्रभावित बनेको छ भने विद्युतीय कारोबारमा असहजता भएको छ।