चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १३ औं अनसन बसेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ।
१३ औं अनसनको तेस्रो दिन शनिबार उनलाई रिंगटा लाग्ने र मांसपेशी बाँउडिने गरेको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए। ‘उहाँको स्वास्थ्यमा समस्या देखिन थालेको छ तर त्यसका लागि अहिलेसम्म मेडिकल टिम भने बनेको छैन,’ सिंहले भने।
माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने लगायतका चार बुँदे माग राखेर डाक्टर केसी गत बिहीबारदेखि १३ औं अनसनमा बसेका छन्।