यु - १५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधीका लागि नेपाल र भारत अहिले भिडिरहेका छन्।
एन्फा कम्पलेक्स सातदोबाटोमा ३ बजेबाट खेल सुरु भएको हो। यसअघि समूह चरणमा भारतसँग हारेको नेपाललाई आज बदला लिने अवसर छ। यसअघि यु-१६ स्पर्धामा नेपाल दुईपटक भारतसँग हारेको थियो।
नेपाल एकपटक सेमिफाइलनमा रोकिएको थियो भने अर्कोपटक फाइलनमा निराश भएको थियो। नेपाली प्रशिक्षक सुनिलकुमार श्रेष्ठले आज नेपालले सटपास खेल्ने बताएका छन्।
नेपालको डिफेन्डर र गोलकिपरबीच तालमेल मिल्न सकिरहेको छैन।