धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा न. ५ धार्केमा आउँदो असोज ३ गते ‘प्रथम धुनिवेशी गोल्डकप’ खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
धुनिवेशी गोल्डकप अायोजक कमिटीले जिल्लामा रहेका खेल प्रतिभाको पहिचान गर्न र धुनिवेशी नगरपालिकामा फुटबल एकेडेमी निर्माण गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागेको बताएको हो ।
प्रतियोगिता सहभागी हुनको लागि असोज १ गतेभित्र दर्ता गरिसक्नुपर्ने आयोजकले बताएको छ । दर्ता शुल्क भने ५ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा सहभागी हुन प्रत्येक टिममा १६ जना खेलाडी, टिम कोच र म्यानेजरको नाम र एक-एक प्रति फोटो अनिवार्य हुनुपर्ने छ ।
खेलमा प्रथम हुने टिमले एक लाख रुपैयाँ राशीसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दास्रो हुनेले ५० हजार पुरस्कार पाउनेछन् ।
सहभागिता जनाउनको लागि निम्न टिमले निम्न व्यक्तिसँग सम्पर्क राख्न सक्ने अायोजकले जनाएको छ।
समिर रेग्मी- ९८४१०९२४१६
पुजन रेग्मी -९८५१२१०५४०
सन्तोष रेग्मी- ९८१८७५३७८२