नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको पुरुष एकल स्पर्धाको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन्।
पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन्। प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते।
समूह चरणको खेलमा भने बागमती विजयी बन्न पुग्यो। समूह अन्तगर्त पुरुष र महिला दुवै इभेन्टमा बागमतीले स्वर्ण जित्यो।
यस्तै एकलतर्फ महिलाको स्वर्ण पनि बागमतीले नै जित्दै कुल ४ मध्ये तीन स्वर्ण बागमतीले जितेको हो।
पुरुषतर्फको टिममा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र नेपाल आर्मीले कास्य पदक जितेको छ।
महिला तर्फको प्रतिस्पर्धामा बागमतीकी कष्मिरा शाहले स्वर्ण, बागमतीकै तारा कार्कीले रजत र प्रदेश नं १ की सुष्मा सिग्देलले कास्य पदक जितिन्। महिला टिम इभेण्टमा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र गण्डकीले कास्य पदक जितेको छ।