नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ । गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त गर्यो ।
महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पार्यो । सेनाका सरद बि.क., सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।
स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा वि.क.को जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।
रिकर्भ पुरुष टिम तर्फ गण्डकीले नेपाल पुलिसलाई पराजित गर्दै स्वर्ण हात पा¥यो । एपिएफले कास्य पदक प्राप्त ग¥यो । यसैगरि कम्पाउण्ड पुरुष टिममा गण्डकीले जित निकाल्दै स्वर्ण पदक प्राप्त ग¥यो । एपिएफले रजत प्राप्त गर्दा सेनाले रजत पदक प्राप्त ग¥यो ।