दोस्रो जावलाखेल कप नाइन ए साइड भेट्रान फुटबल प्रतियोगिता शुक्रबार सुरू हुदैंछ। जावलाखेल युथ क्लबको आयोजनामा जावलाखेल फुटबल मैदानमा हुने प्रतियोगिता १९ टोलीको सहभागिता रहने छ ।
४० वर्षमाथिका खेलाडीले मात्र खेल्न पाउने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद तथा ट्रफी पाउने छन्। त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्ड र फरवार्डलाई जनही ५ हजार तथा उत्कृष्ट खेलाडीलाई १५ हजार प्रदान गरिने जावलाखेल क्लबले जनाएको छ ।
सोमबारसम्म चल्ने प्रतियोगितामा फ्रेन्ड्स अफ सेन्ट जेभियर्स, इन्डिजिनस फुटबल क्लब, बगर भाइखलक पोखरा, हिमालयन शेर्पा, हेटौंडा भेट्रान्स, जावलाखेल भेट्रान्स, काभ्रे भेट्रान्स, चितवन भेट्रान्स, व्रिटिश गोर्खा भेट्रान्स, तारकेश्वर कलंकी, जोरपाटी, सिमरा, अभिषेक चर्च नवलपरासी, फ्रिडम क्लब, बगर भाइखलक ‘बी’, सानोगौचरण नाइट किङ क्लब, फ्रेन्ड्स क्लब र साइनिङ सन एकेडेमी कैलालीले प्रतिस्पर्धा गर्नेछ ।
गत वर्ष प्रतियोगितामा १३ टोलीले सहभागिता जनाएका थिए । अभिषेक चर्चले पोखराको बगरभाई खलकलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।