१० खेलाडीमा सिमित भएको बायर्न म्यूनिख जर्मन बुडेन्सलिगा अन्तरगत शनिबार भएको खेलमा फ्रान्कफर्टसँग ५-१ को लज्जास्पद हार बेहोरेको छ।
म्यूनिख साविकको लिग विजेता हो। खेलको नवौं मिनेटमा जेरोमी बोएटिङ रातो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भएका थिए। भिएआरको मद्दतमा उनलाई रातो कार्ड दिइएको हो।
१० खेलाडीमा सिमित भएको बायर्नलाई फ्रान्कफर्टले २५ औं मिनेटमा गोल गर्दे अग्रता लिएको थियो। सो गोल फिलिप कोस्टिकले गरेका थिए। ३३ औं मिनेटमा टोलीका लागि डिजब्रिजले दोश्रो गोल गरे।
त्यसपछि २-० ले पछि परेको बार्यनका लागि ३७ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल फर्काए।
१० खेलाडीमा सिमित भएको बायर्नका लागि यसपछि पनि खेल सहज भएन।
उसले ३ गोल खायो। बायर्न विरूद्ध फ्रान्कफर्टका डेभिड अब्राहम, मार्टिन तथा गोन्कालोले क्रमशः खेलको ४९,६१ र ८५ औं मिनेटमा गोल गरे।