नेपाल पुलिस क्लब सशस्त्र प्रहरी बलको एपीएफ टोलीलाई पराजित गर्दै ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ।
झापाको डोमालाल राजवंशी रङ्गशालामा मंगलबार भएको क्वाटरफाइनलमा पुलिस क्लबले एपीएफलाई ५–४ गोलले हराएको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि निर्णय ‘टाइब्रेकर’बाट गरिएको थियो।
पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अञ्जन राई र भोला सिलवालले गोल गरेका थिए। एपीएफका लागि सुदीप शिख्रकार, नवीन लामा, आशिष लामा र रवि थिङले गोल गरेका थिए।
खेलको पहिलो हाफमा एपीएफले गोल गर्दै अग्रता लिएको थियो। उसका लागि हरि कार्कीले गोल गरेका थिए। मध्यान्तरपछिको खेलमा पुलिसले गोल गर्दै खेललाई बराबरीमा पु¥याएको थियो।
पुलिसका लागि भोला सिलवालले गोल गरेका थिए। खेलको ‘म्यान अफ दी म्याच’ भएका सिलवालले १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे। बुधबार त्रिभुवन आर्मी क्लब र भारत आसामको मोलवे एफसीबीच खेल हुनेछ।