च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी बुधबार राति भएको खेलमा बराबरीमा रोकिएको छ।
समूह सी अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटी एट्लान्टासँग १–१ को बराबरीमा रोकिएको हो।
खेलमा पहिलो अग्रता भने सिटीले नै लियो थियो।
खेलको सातौं मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
सिटीको सो अग्रतालाई एटलान्टाले ४९ औँ मिनेटमा बराबरी गर्यो। सो गोल पासालिकले गरेका हुन्।
त्यसैगरी यस खेलमा ८१ औँ मिनेटमा सिधैं रातो कार्ड खाँदै गोलरक्षक ब्राभो मैदानबाट बाहिरिनु परेको थियो।