इङ्लिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी लिभरपुलसँग ३-१ गोल अन्तरले स्तब्ध भएको छ।
आइतबार राति भएको खेलमा हार बेहोरेसँगै सिटी शीर्ष स्थानको लिभरपुलसँग ९ अंकले पछि परेको छ।
लिगमा १२ खेलबाट लिभरपुलले ३४ अंक जोडेको छ भने चौथो स्थानमा रहेको म्यानचेस्टर सिटीको २५ अंक रहेको छ।
सिटीलाई ३-१ ले पराजित गर्ने क्रममा फाबिब्होले घरेलु मैदानमा छैटौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि १३ औं मिनेटमा मोहम्मद सालहले गोल गरे र लिभरपुलको अग्रता दोब्बर भयो।
खेलको ५१ औं मिनेटमा साडियो मानेले गोल गर्दै टोलीको अग्रतालाई ३-० बनाए।
३-० ले अघि लागेको लिभरपुल विरूद्ध सिटीले ७८ औं मिनेटमा एक गोल फर्कायो। उसका लागि सो गोल बर्नार्डो सिल्भाले गरेका थिए।