युरोकप छनोट अन्तर्गत समूह ‘बी’ को खेलमा बिहीबार पोर्चुगलले लिथुआनियालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ।
पोर्चुगलको यस जितमा कप्तान क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरे। करियरको ५५ औं ह्याट्रिक प्रहार गर्ने क्रममा रोनाल्डोले खेलको ७ , २२ तथा ६५ औं मिनेटमा गोल गरेका थिए।
उनले ७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए।
पोर्चुगोलले बाँकी तीन गोल खेलको ५२, ५६ तथा ६३ औं मिनेटमा गरेको हो। ती गोलहरू क्रमशः पिज्जी, प्यासीएन्सिया र बर्नार्डो सिल्भाले गरेका हुन्।
जितसँगै पोर्चुगल ७ खेलमा १४ अंक बोकेर अंक तालिकाको दोस्रो स्थानमा छ। आइतबार लक्जेम्बर्गविरूद्ध हुने खेल जितेमा पोर्चुगल युरोकप-२०२० मा छनौट हुनेछ।
यस समूहको शीर्षस्थानमा रहेको युक्रेन भने युरोकपका लागि छनौट भइसकेको छ।