शनिबार राती बेलारूसलाई ४-० ले पराजित गरेसँगै जर्मनी युरोपकप-२०२० का लागि छनौट भएको छ।
समूह 'सि' अन्तरगत भएको खेलमा जर्मनीका टोनी क्रसले दुई तथा मथायस जिन्टर र लियोन गोहेज्काले एक-एक गोल गरे।
जर्मनीले खेलको ४१ औं मिनेटमा जिन्टरको गोलमा अग्रता लिएको थियो। यसैगरी टोलीका लागि दोश्रो गोल गोहेज्काले खेलको ४९ औं मिनेटमा गरे।
त्यसपछि क्रसले खेलको ५५ र ८३ औँ मिनेटमा गोल गरेका थिए।
जितपछि सात खेलबाट १८ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानमा रहँदै युरोकपमा छनौट भएको हो।