लिभरपुलले क्लब विश्वकप फुटबलको उपाधि जितेको छ।
शनिबार राति कतारमा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लामेन्गोलाई १–० ले पराजित गर्दै लिभरपुलले विश्वकप उपाधि जितेका हो।
जितका लागि लिभरपुलले अतिरिक्त समयसम्म कुर्नुपर्यो।
खलिफा अन्तराष्ट्रिय रंगशालामा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो।
त्यसपछि ९९ औँ मिनेट रोबर्टो फिरमिनोले लिभरपुलका निर्णायक गोल गरे र टोलीलाई पहिलो पटक क्लब विश्वकपको उपाधि जिताए।
जितपछि लिभरपुलका म्यानेजसर यूर्गेन क्लोपले आफ्ना खेलाडीहरूले एकपछि अर्को परिक्षा पास गरेको भन्दै उनीहरूको प्रशंसा गरेका छन्।