सन् २०१५ को जर्मन बुन्डेसलिगामा वायर्न म्युनखिका लागि ९ मिनेटमा ५ गोल तथा सन् २०१३ को युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा बोरुसिया डर्टमुन्डका लागि एक्लै ४ गोल।
उल्लेखित दुई खेलमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गरेका गोल उनको क्षमताको अनुपम उदाहरण हुन्।
सन् २०१९-२० मा भने लेवान्डोक्सीले आफ्नो व्यक्तिगत प्रदर्शनमा क्लबलाई समेत उत्कृष्ट नतिजा दिन सफल भए।
वायर्नबाट व्यवसायीक फुटबल खेलिरहेका लेवान्डोस्कीले आफ्नो उत्कृष्ट लय समात्दै फेरि पनि क्लबको इतिहासमा उपाधि थप्नमा योगदान गरे। सिजनमा उनले वायर्नका लागि ५५ गोल गरे र टिमले २०१२-१३ को सिजनपछि पहिलो पटक ट्रेबल अर्थात् घरेलु लिग बुन्डेसलिगा, लिग कप र युरोपियन च्याम्पियन लिग जित्यो।
पोल्याण्डको डेल्टा वार्साबाट फुटबल खेल्न सुरु गरेका उनको व्यवसायीक फुटबल त्यतिबेला माझिँन पुग्यो जब उनी जमर्न क्लब डर्टमुन्डमा जुर्गन क्लपको प्रशिक्षणमा परे। क्लप तीनै प्रशिक्षक हुन जसले पोहोर साल इतिहास रच्दै लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाए। सन् २०२० मा लिभरपुललाई दुई दशकपछि प्रिमियर लिगको च्याम्पियन बनाए।
सन् २०१४ मा डर्टमुन्डबाट क्लब स्थानान्तरण गर्दै उनले वायर्न चुने। एक जर्मन क्लबबाट उनी अर्को जर्मन क्लबमा सरे। त्यसलगत्तै उनले ६ वर्षमा ६ पटक बुण्डेसलिगा जिते, त्यस बीचमा उनी २०१६-१७ र २०१९-२० मा बुन्डेसलिगाको सर्वोत्कृष्ट खेलाडी चुनिए ।
आफ्नो खेल कौशलका कारण लेवान्डोस्की हालका प्रशिक्षक हान्स फ्लिकको आँखामा पनि परे। सन् २०१९ को नोभेम्बरबाट प्रशिक्षक बनेर आएका उनले लेवान्डोस्कीलाई अझैँ निखार्नतर्फ लागे। २०१९-२० को सिजन उनको लागि कोशेढुंगा सावित भएको छ।
फ्लिकले निखार्न खोजेका ४ खेलाडी मध्ये लेवान्डोस्की पनि एक हुन। उनी ३२ वर्षका भए तर यो उमेरमा पनि गोल गर्न उनीलाई कसैले रोक्न सकिरहेका छैनन्। बरु उनको क्लबमा महत्व अझै बढिरहेको छ।
लेवान्डोस्कीले यो सिजन आफुलाई कुशल खेलाडीको रुपमा देखाएका छन्। यो सिजन उनले चमत्कारिक खेलहरु देखाए, उनले बिगत बर्षहरुमा बयार्नलाई परेको चोट र पिडा मेटाए। लगातार ४ पटक च्याम्पियन्स लिगको सेमिफाइनलबाट क्लब बाहिरिन पुग्दा सारा समर्थक लगायत टिमका प्रशिक्षक खेलाडीहरुमा हदैसम्म निरासाको बादल मडारिन पुगेको थियो।
पछिल्ला वर्षहरुमा क्लबलाई फाइनलसम्म पुगन मुस्किल परिरहेको थियो। यसपल्ट भने क्लबले राहतको सास फेरेको छ। लेवान्डोस्की प्रशिक्षक फ्लिक र क्लबको लागि लगभग निर्णायक र महत्वपूर्ण खेलाडी साबित भए। प्राय: हरेक जस्तो खेलमा उनको गोलको योगदान रहयो ।
यति हुँदाहुँदै पनि यो बर्ष लेवान्डोस्कीलाई भाग्य तथा समयले केहि कुरामा साथ दिएन। फ्रान्स फुटबलले हरेक वर्ष प्रदान गर्ने बालोन डि'अर यस पटक कोभिड १९ को कारणले रद्द भएको छ । यो पीडाले लेवान्डोस्कीलाई चसक्क सधै छोइरहने छ। किनकी यस पटक यो पदक उनको पोल्टामा पर्ने पक्का पक्की जस्तो नै थियो।
प्रशिक्षकको सवाललाई लिएर यससिजन क्लब धेरै परिवर्तनबाट गुज्रियो। पछिल्ला दिनमा क्लब सम्हाल्न आइपुगेका फ्लिकले प्रशिक्षण गरेपछि सबैभन्दा फाइदा उठाउन लेवान्डोस्कीसँगै थोमस मुलर र सर्ज गेनाब्री सफल भए। यी तीन जनाले सिजन भरि नै वायर्नको अग्रपक्ती सम्हाले।
फलत यो सिजनमा ९२ गोल यी तीन जनाले मात्र गरे। यही क्रममा लेवान्डोस्कीले बुन्डेसलिगामा ३४ गोल र च्याम्पियन्स लिगमा १५ गोल गरे । च्याम्पियन्स लिगामा क्रिस्टियानो रोनाल्डोले एक सिजनमा गरेको सर्वाधिक १७ गोल भन्दा केवल २ गोलमात्र कम छ।
लेवान्डोस्की सन् २०१५ देखि अदभूत रुपले फर्ममा छन्। उनी मैदानमा स्ट्रइकर भएर मात्र खेल्दैनन् । कहिले बल विपक्षी को खुट्टमा हुदाँ खोस्न समेत जान्छन् भने कहिले मिडफिल्डर भएर पास पनि मिलाउछन्। अथवा सेकेण्ड स्ट्ईकरको रुपमा पनि खेल्छन्।
उनको खेलको डरलाग्दो विशेषता भनेको यदि विपक्षी टिमको गोल पोष्ट सामू उनले बल पाए भने त्यो अवसरलाइ उनी खेरा नफाली गोलमा परिणत गर्न माहिर छन्। उनले विपक्षीको डि बक्समा बल पाए भने गोलकिपरहरुको पसिना नै छुट्ने गर्छ। साथै उनी लगातार खेल भरि नै कसरी अगाडी बढ्ने भनी आफ्नो तथा बिपक्षी क्लबहरुको स्थितीको अध्ययन र निगरानी गर्दै विपक्षीको कमजोरी जोख्न र त्यसको फाइदा उढाउन पनि चुक्दैनन्।
छ फिट अग्ला उनी शारिरीक रुपमा पनि बलिया खेलाडीका रुपमा चिनिन्छन्। उनको खेल बुझाइ गज्जबको छ। “स्पेश” निकाल्न माहिर उनी नियमित रुपमा गोल र अवसर र्सिजना गरिरहन्छन्। तर यति हुँदाहुँदै पनि उनी राम्रा ड्रिबलर भने होइनन् भन्ने खेल पण्डितहरुको बुझाइ छ।
सन् २०१२ र २०१३ मा घरेलु लिग बुन्डेसलिगा, च्याम्पियनस लिग र लिग कप गरी ट्रेबलको जानिने उपाधि हात पारेको वायर्नले सात बर्ष पछि दुर्लभ र एतिहासिक उपाधि दोहोर्याउदा खेलाडी, प्रशिक्षक र सहयोगीको उतिकै महत्वपुर्ण भूमिका रहेको भए पनि यो क्षणलाइ साकार तुल्याउन सक्नुमा टिमका सुत्रधारका रुपमा लेवान्डोस्कीलाई इतिहासले सधैं सम्झना गर्नेमा कुनै शंका छैन।