कोही मानिस अमर, अजर, महान र फरक हुन्छन्। भगवानबाट अलौकिक आशिर्वाद प्राप्त अद्भुत डिएगो अर्मान्डो म्याराडोनाको पनि यस्तै महान् हस्ती हुन्। सन् १९८० को दशकमा खेलबाट यति धेरै प्रशंसा सायदै कुनै खेलाडीले पायो होला। यहि दशकमा नेपालमा पनि पहिलो पटक नेपाल टेलिभिजनमा विश्वकप देखाइएको थियो।
भगवानरुपी म्याराडोना जादुगरभन्दा कम थिएनन्। अर्जेन्टिनीहरूले मात्र नभइ सारा विश्वले कहिले पनि महान् हस्तिलाई भुल्ने छैनन्। फुटबललाई कतिपय मानिसले धर्म मान्छन् अनी म्याराडोनालाई भगवान।
होचा कद भएका उनी जम्मा पाँच फिट ४ इन्च मात्र थिए, कपाल घुम्रिएको तर दह्रो शरिर भएको मानिस।
१० नम्बर जर्सी लगाएर मैदानमा उत्रने म्याराडोना ड्रिबलिङ गर्न माहीर देखिन्थे। जति पनि मानिसहरुले १९८० दशकबाट फुटबल हेर्न थालेका थिए प्राय सबै म्याराडोनाका भक्त भए किन की म्याराडोनाको फुटबल खेल्ने शैली नै गज्जबको थियो,उनको खेल हेरेपछि एउटा ठूलो समुदाय उनको अन्धभक्त नै भए।
नेपालीहरुको हकमा पनि त्यही कुरा जोडिन्छ। फोकल्याड टापुको विवादलाई लिएर बेलायत र अर्जेन्टिनामा युद्ध हुँदा बेलायती सेनामा गर्खा पनि भएको हुँदा अर्जेन्टाइनहरु नेपालीसँग क्रुद्ध भएको भनिन्छ। तर पनि मेक्सिकोमा भएको १९८६ को विश्वकपमा नेपाली यी अद्भूत पात्रको अन्ध भक्त नै भए। यसमा एउटा संयोज पनि छ त्यो के भने भर्खरै नेपाल टेलिभिजनको स्थापना भएको अनि नेपालमा पनि पहिलोपटक विश्वकपका केही खेलहरू देखाइएको थियो।
त्यसबेलामा म्याराडोना पनि अर्जेन्टिनी टिममा थिए। पूरा जगतले नै भगवान सरह हेरिएको म्याराडोनाले त्यस वर्ष सारा विश्वलाई अचम्मीत तुल्याउँदै एक्लो प्रयासमा अर्जेन्टिनालाई ट्रफी चुमाएका थिए। भलै फाइनलमा यिनको गोल रहेन तर फाइनलसम्म टिमलाइ उकाल्ने यी नै महान हस्ती थिए।
१९८४ कै प्रभावले नेपालमा पनि अर्जेन्टिनी सर्मथक उच्च मात्रामा छन्। अल्पायुमै म्याराडोना गुमाउनु पर्दा अर्जेन्टिना र पुरै विश्व सोकमा डुबिरहेको छ, त्यसमाथि पनि अर्जेन्टिनामा त तीन दिने शोक नै घोषणा भयो। यति हुँदा हुँदै पनि उनि विवादको घेरा बाहिर भने रहन सकेनन् कहिले मैदानमा कहिले विवादित गोलको कारण कहिले कसैलाई गाली गरेर र सबैभन्दा दुर्भाग्य लागू पदार्थको कुलतले उनको करियर नै ओजेलमा पर्न गयो। म्याराडोनालाई इटालियन माफिया र लागू पदार्थमा नी जोडियो, सत्य के हो आधिकारिक रुपमा कहिले उजागर भएन तर यही कुराले नै उनको खेल जीवन ओरालोतर्फ लागेको भने साँचो हो।
उनलाई विवादमा तान्न बाहिरी दुनियाँले पनि ठूलो भूमिका खेलेको थियो। उनीविरुद्धको आरोपहरू मध्ये केही कुरा साँचो होला केही बनावटी होला यो बारेमा धेरै मानिसहरु अलमलमा छन् । तर असलमा उनी कुशल खेलाडी थिए भगवानका वरदान थिए।
पहिलो डिभिजन क्लब अर्जेन्टिनोस जुनियरको स्काउटले उनलाई सडकमा खेल्दै गरेका बेला पहिलोपल्ट देखेको थियो। सन् १९७८ मा अर्जेन्टिनाले घरलु मैदानमा भएको विश्वकप पहिलो पटक जितेको थियो र त्यसबेला म्याराडोना सम्मेलित थिएनन्। १९८२ मा विश्वकप हुँदा उनले ब्राजिलविरुद्धको खेलमा रातो कार्ड खाएर मैदान छोड्न बाध्य भएका थिए।
त्यसलगत्तै उनी क्लब खेलकोलागी स्पेनको बार्सिलोना तर्फ गए। बार्सिलोनामा उनले खासै केही गर्न सकेनन् त्यस क्लबमा उनको समय सुखद रहेन। त्यसपछि नापोलीले उनलाई कीर्तिमानी रकम ७५ लाख डलरको मूल्यमा भित्र्याएको थियो। यो टिमबाट खेल्दा उनले आफ्नो अत्यधिक प्रशंसकहरू कमाए। नापोलीमा रहँदा उनले १९८७ र १९९० मा दुई पटक नापोलीलाई सिरी ए उपाधि जिताए। त्यसपछि उनले एक युरोपेली कप समेत दिलाएका थिए। नापोली रहँदा उनको समय निकै सुखद रहेको थियो ।
त्यसलगत्तै सन् १९८६ को विश्वकप आएको थियो , मेक्सिकोमा भएको विश्वकप अर्जेन्टिनी जनता सारा बिश्वले कहिले पनि बिर्सने छैनन्। उनले विश्वकपमा चमत्कार नै गरेका थिए, अर्जेन्टिनाले विश्वकपमा १४ गोल गरेको थियो जसमध्ये ५ गोल म्याडोनाले गरेका थिए त्यसमा पनि ५ गोलका लागि अवसर सृजना उनैले गरेका थिए। म्यारोडोनाले त्यस विश्वकपमा इङ्ल्यान्ड विरुद्ध क्वाटरफाइनलमा गरेको गोल अहिलेसम्म पनि निकै चर्चामा आउने गरेको छ। पहिलो गोल हातको साहाराले भएको भनेर म्याराडोना स्वयम्ले खेल भएको धेरै बर्ष पछी स्वीकारे र यो गोललाइ उनि आफैंले ह्यान्ड अफ गडको उपमा दिएका थिए।
त्यस गोलपछी उनले भनेका थिए यस गोलमा अलीकती मेरो र अलीकती भगवानको हात छ। त्यस प्रतिक्रियाको उत्तर दिंदै इङ्ल्यान्डका त्यो वर्डकपका सर्वाधिक गोलकर्ता ग्यारी लिनेकरले भनेका थिए म्याराडोनामा स्पोर्टसमेनसिप छैन किनकि उनले हातले गरेको गोललाई पनि अनेक नाम दिएर त्यसलाई ठूलो बनाए र पछि कुनै पनि दिन उनले आफूले गल्ती गरेको हो भनेर स्वीकारेनन् लिनेकरको भनाइमा यो फूटबल प्रतिको बेइमानी हो।
यसैले त अझैपनि इङलिस फुटबल फ्यानहरु उनको यो भनाइले गर्दा उनीसँग पछिपनि सकारात्मक रहेनन। त्यस्तै सोही खेलको दोस्रो गोलमा उनले इङ्ल्यान्डका ५ वटा डिफेन्डरलाई छक्याउँदै अन्तिममा इङ्ल्यान्डका किपर पिटर सिल्टनलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए। त्यस गोललाई शताब्दीकै उत्कृष्ट गोल मानिएको थियो।
उनी गोलको सृजना गर्न पनि उत्कृष्ट थिए। विपक्षीलाइ उनीबाट सजिलै बल खोस्न सारै गारो पर्दथ्यो। विपक्षीहरूको लागि म्याराडोना सधैँभरी कठिन राइभल थिए। कोचहरु आफ्ना खेलाडीहरुलाई म्याराडोनाको चर्चा गर्दै उनलाइ पेरणाको रुपमा प्रस्तुत गर्थे ताकी आफ्नो खेलाडीहरुको मनोबल बडोस, जुन समयमा नेपालीले वा बिश्वले १९८६को फाइनल देखे सबै उनको जादुगरीमा नतमस्तक भए वा भनौ फ्यान भए अझै पनि नेपालका ठूलो समुदाय म्याराडोनाकै कारणले त्यो देशका फ्यान छन्।
यसैले त म्याराडोनाले लगाएको १० नम्बर जर्सी पनि एकदमै प्रख्यात हुन पुग्यो केही समयको लागि अर्जेन्टिनाले १० नम्बर जर्सी लगाउन नपाउने नियम पनि बनाएको थियो। उनले भलै क्लब फुटबलमा स्पेनबाट करिअर थालेपनि उनको भाग्यलाई इटालीले कुरेर बसेको थियो जस्तो लाग्छ। उनी स्पेनबाट इटाली लागे जहाँ बिधाताले उनको भाग्य नै खोलिदियो इटालीले उनलाई सान, आदर, सम्मान र विश्वबिख्याती सबै उपमा दियो तर चाँदिको घेरामा पनि कालो धब्बा हुन्छ भनेझै यही इटालिले उनलाई लागु ओषध माफिया ड्रगएडिक्टको संग्या पनि दियो।
उनको हरेक दुर्गुणलाई जादुमही प्रतिभाले छोपिदियो। अहिले नापोलीका अध्यक्षले म्याराडोनाको निधनपछि स्टेडियमको नाम नै सान पाउलो डिएगो आरमान्डो म्याराडोना रंगशालाको रुपमा नामाकरण गर्ने जनाएका छन्। म्याराडोनाले अर्जेन्टिनालाई १९८६ पछि १९९० मा पनि विश्वकपको फाइनलमा पुराएका थिए। तर १९९० फाइनलमा भने अर्जेन्टिना र्जमनीसगँ स्तब्ध भयो। सन् १९९१ पछि म्याराडोनाको खेल जीवनमा ओरालो लाग्ने क्रम सुरु भयो । उनले लागुपदार्थ सेवन गरेको कारणले गर्दा १५ महिना प्रतिबन्धमा परे सन् १९९४ को विश्वकपको बेलामा उनी फेरि डोपिङ काण्डमा परे, उनलाई अमेरिकाको विश्वकपमा पनि खेल्न रोक लगाइयो।
पटकपटक असामान्य र्हकतले उनको जीवनमा उतारचढाव भइरह्यो। पछि उनले अर्जेन्टिनाको प्रशिक्षक बन्ने समेत मौका पाए २०१० को विश्व कपमा उनको यात्रा क्वाटरफइनल सम्मको मात्र रह्यो । केही समय उनी लागुपदार्थ छुटाउने उपचारमा समेत लागे कतिपटक उनी मृत्युको नजिक पुगेर पनि बाँच्न सफल भए।
भर्खरै ६० औँ जन्मदिन मनाएर म्यारोडोनाको मस्तिष्कको शल्यक्रिया गरिएको थियो। त्यसको पन्ध्र दिनपछि नै उनलाई हृदयघात भयो र उनले आफ्नो भौतिक शरीर त्यागेर हामी सबैबाट विदा भए। म्याराडोनासँग सम्बन्धित नकारात्मक पाटोलाइ एकछिन बिर्सने हो भने उनी एउटा कुशल खेलाडी हुन उनका खेलका धेरै धेरै सम्झनाहरु हामी बीच रहिरहनेछ। उनले दिएको फुटबल खेल्ने प्रेरणा धेरै मानिसले स्रोतको रूपमा लिएका छन् र उनलाई फेरी पनि एकपटक भावपूर्ण श्रद्धाञ्जली।