म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी बनाएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एस्टन भिल्लालाई २–१ ले हराउँदै युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गरेको हो।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन एन्थोनी मार्सल र ब्रुनो फेर्नान्डेसले गोल गरे। एस्टन भिल्लाका लागि बेट्रान्ड ट्राओरीले एक गोल गरे।
खेलको ४० औं मिनेटमा एन्थोनी मार्सलले गर्दै घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाए। पहिलो हाफमा १–० ले अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा अर्को गोल गरेको हो ।
दोस्रो हाफको सुरुवातमै एस्टन भिल्लाका लागि ५८ औं मिनेटमा बेट्रान्ड ट्राओरीले गोल गर्दै खेल बराबरीमा फर्काए । ट्राओरीले खेल बराबरीमा फर्काएको दुई मिनेटमै युनाइटेडले थप अर्को गोल गरेको हो ।
खेलको ६१ औं मिनेटमा युनाइटेडले पाएको पेनाल्टीको अवसरलाई ब्रुनो फेर्नान्डेसले गोलमा परिणत गरेका थिए ।
यो जितसँगै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले पहिलो स्थानको लिभरपुलसँग बराबरी अंक बनाउन सफल भएको हो। पहिलो र दोस्रो स्थानमा रहेका दुवै टिमले १६–१६ खेलबाट समान ३३ अंक बनाएका छन् । गोल अन्तरमा लिभरपुल अगाडि छ।