माउरिसिओ पोचेटिनो फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी)को नयाँ प्रशिक्षकमा नियुक्त भएका छन्।
इंग्लिस क्लब टोनह्याम र साउथह्याम्पटनका पूर्वप्रशिक्षकसमेत रेका माउरिसिओ पोकेतिनोले शनिबारदेखि पीएसजी सम्हाले भएका हुन्।
बीबीसीका अनुसार पीएसजीका पूर्वखेलाडीसमेत रहेका पोकेतिनोले सन् २०२२ जुन ३० सम्मका लागि सम्झौता गरेका छन्। उनले सन् २००१ देखि २००३ सम्म पीएसजीबाट खेलेका थिए ।
गत डिसेम्बर २४ मा घरेलु मैदानमा पीएसजीले स्ट्रासबोमाथि ४-० को शानदार जित दर्ता गरे लगत्तै उसका प्रशिक्षक थोमस टुचेल बर्खास्त भएका थिए । अब उनको स्थानमा ४८ वर्षीय पोचेटिनो आएका हुन् ।
त्यत्तिबेला बिना कारण प्रशिक्षक टुचेललाई बर्खास्त गरेको जानकारी पीएसजीका खेल निर्देशक लियोनार्दोले गराएका थिए । महत्वपूर्ण खेलमा शानदार जित दर्ता गरे लगत्तै भएको बर्खास्तीलाई कतिपयले आश्चर्यको रुपमा हेरेका थिए ।
प्रशिक्षक टुचेलकै नेतृत्वमा पीएसजीले चार महिना अघि च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।
टुचेलले आफ्नो कार्यकालमा पीएसजीलाई घरेलु लिगको उपाधिसँगै अघिल्लो सिजन युरोपियन च्यापिम्पयन्स लिगको उपविजेता बनाएका थिए ।
पीएसजीका नवनियुक्त प्रशिक्षक पोकेतिनोलाई सन् २०१९ मा टोटनह्यामले बर्खास्त गरेको थियो।