फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक माउरिसिओ पोकेतिनो कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
४८ वर्षिय पोकेतिनो संक्रमण पुष्टि भएसँगै आइसोलेशनमा बसेका छन्। उनले अब लिगका दुई खेल गुमाउने भएका छन्।
जनवरीको सुरुमा पिएसजीको नयाँ प्रशिक्षक बनेका उनले सिजनको पहिलो उपाधि हात पारिसककेका छन्।
पोकेतिनोले प्रशिक्षकका रुपमा पिएसजीबाट तेस्रो खेलमै बुधबार पहिलो उपाधि जितेका हुन्।
त्यसअघि उनी टोटनह्यामको प्रशिक्षक थिए।