इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले महत्वपूर्ण जित हात पारेको छ। बुधबार राति भएको खेलमा बर्नलीलाई २–० गोल अन्तरले हराउँदै सिटीले महत्वपूर्ण जित निकालेको हो। सिटीको जितमा गाब्रियल जिसस र रहिम स्ट्रलिङले गोल गरे।
दुवैले पहिलो हाफमा गोल गरेका हुन् । म्यानचेस्टर सिटीका लागि तेस्रो मिनेटमा गाब्रिएल जिसस र ३८ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गरेका थिए।
यो जितसँगै सिटी २१ खेलबाट ४७ अंकसहित शीर्ष स्थानमा कायमै छ। एक खेल बढी खेलेको म्यानचेष्टर युनाईटेड ४४ अंकसहित दोस्रो स्थानमा छ। बर्नली भने २२ अंकसहित रेलिगेसन जोनभन्दा एक स्थान माथि छ।