युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इटालियन च्याम्पियन युभेन्ट्सलाई पोर्चुगलको एफसी पोर्टोले पराजित गरेको छ।
बुधबार राति भएको खेलमा पहिलो हाफमै अग्रता लिएको पोर्टोले २-१ ले युभेन्टसलाई हराएको हो।
उसका लागि खेल सुरू भएको ६३ औं सेकेन्डमै म्हेडी तरेमीले गोल गरेका थिए। दोस्रो हाफमा पनि पहिलो मिनेटमै मोस्सा मारेगाले गोल गरेपछि पोर्टो २-० ले अगाडि रहेको थियो।
युभेन्ट्सका फेडेरिको किएजाले खेलको ८२ औं मिनेटमा गोल फर्काएका थिए तर त्यसपछि गोल गर्न नसकेपछि युभेन्ट्स पोर्टोको घरेलु मैदानमा पराजित भएको हो।