इङ्ग्लिस प्रिमियर लिगको तेस्रो स्थान रहेको लेस्टर सिटी घरेलु मैदानमा पाहुना टोलीसँग पराजित भएको छ। लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर न्युकासल युनाइटेडसँग पराजित भएको हो ।
उपाधि होडबाट बाहिरिइसकेको लेस्टर युनाइटेडसँग ४-२ गोल अन्तरमा पराजित भए पनि अंक तालिकाको तेस्रो स्थानमा यथावत छ।
न्युक्यासललाई जिताउन सेलुम विल्सनले दुई तथा जोसेफ विलक र पउल डुमेटले एक/एक गोल गरे। न्युक्यासलले खेलको २२ मिनेटमै विलकको गोलमा अग्रता बनाएको थियो। खेलको ३४औं मिनेटमा डुमेटले गोल गर्दै खेल २–० को स्थितिमा पुर्याए।
त्यसपछि, दोस्रो हाफमा न्युकासलका लागि कलुम विलसनले २ गोल गरे। उनले ६४औँ र ७३औँ मिनेटमा लगातार २ गोल गरेपछि न्युकासलले ४–० गोल अन्तरको सानदार अग्रता लिन सफल भयो ।
घरेलु टोली लेस्टरले भने त्यसपछि मात्रै २ गोल गर्यो । उसका लागि मार्स अलब्रिटनले जेम्स भर्डीको पासमा गोल गर्दै अग्रता ४–१ मा झारेका थिए । त्यसको ७ मिनेटपछि केलिची इनह्यान्चोले गोल गरेर अग्रता ४–२ मा झारे पनि हार टार्न सकेनन् ।
हारपछि पनि लेस्टर ३५ खेलबाट ६३ अंकसहित लिगको तेस्रो स्थानमै कायम छ । जित निकालेको न्युक्यासल भने समान खेलबाट ३९ अंकसहित लिगको १३ औँ स्थानमा छ।