१६ औं संस्करणको युरोकप फुटबलमा समूह ‘ए’ का वेल्स र टर्कीले प्रतिस्पर्धा गरिरहेका छन्।
अजरवैजान बाकुस्थित बाकी ओलम्पिया स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा वेल्सले १-० गोलको अग्रता लिएको छ।
खेलको ४३ औं मिनेटमा आरोन राम्सेले उत्कृष्ट गोल गर्दै वेल्सलाई सुरूवाती अग्रता दिलाएका हुन् । कप्तान ग्यारेथ बेलको लामो पासमा उनले वानटच गोल गरेका हुन् ।
टर्कीले केही राम्रा अवसरलाई खेर फाल्दा गोल गर्ने मौका गुमायो।
दुबै टोली आज पहिलो जितको खोजीमा हुनेछन्। यसअघि पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।
टर्की पहिलो खेलमा इटालीसँग ३–० ले पराजित भएको थियो। दुवै टोलीलाई समूह चरण पार गर्ने सम्भावना जीवित राख्न जितको खाँचो छ ।
वेल्सले टर्कीविरुद्धको ६ मध्ये ३ खेलमा जित हासिल गरेको छ । दुई हार र एक बराबरीको नतिजा छ । यि दुई टोली १९९७ पछि पहिलोपटक एक आपसमा भिड्न लागेका हुन् । त्यसबेला टर्कीले ६–४ को जित निकालेको थियो ।
यही समूह ‘ए’ को अर्काे खेलमा आज राति नै इटाली र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुदैछ । खेल राति १२ः४५ बजे हुनेछ । इटाली २ अंक जोडेर शीर्षस्थानमा रहँदा स्वीट्जरल्यान्ड र वेल्सले समान १ अंक जोड्दा टर्की अंकविहीन छ ।