ब्राजिललाई उसकै मैदानमा स्तब्ध पार्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ। २८ वर्ष लामो ठूला उपाधिको खडेरीलाई तोड्दै लिओनेल मेसी प्रेरित अर्जेन्टिनाले कोपाको उपाधि जितेको हो ।
आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो।
सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए।
मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए। डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो।
हेर्नुहोस् तस्बिरहरूः सबै तस्बिरः Copa América (@CopaAmerica) / Twitter