साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमा पराजित भएको छ। आइतबार राति टोटेनहमसँग १-० गोल अन्तरले पराजित हुँदै सिटीले लिगमा हारबाट सुरूवात गरेको हो।
घरेलु मैदानमा टोटेनहमलाई जिताउन कोरियन खेलाडी ह्युङ मिन सनले निर्णायक गोल गरे।
अत्यन्त रोमाञ्चक खेलको ५५ औं मिनेटमा सनले गोल गरेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा स्टिभीनको पासमा गरेको उक्त गोलनै टोटेनह्यामला विजयी सुरूवातका लागि काफी रह्यो।
यो जितसँगै टोटेनहमले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ।