जर्मनीले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा रोमानियालाई हराएको छ।
घरेलु मैदानमा शुक्रबार राति एक गोलले पछि परेको अवस्थामा जर्मनीले रोमानियामाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो।
यसअघि पाहुना टोलीका लागि लानिस हाँगीको गोल गर्दै खेलमा सुरुआती अग्रता लिएका थिए। ह्यामवर्गमा भएको खेलको ११औं मिनेटमा लानिस हाँगीको गोलगर्दै अग्रता लिएको थियो।
पहिलो हाफसम्म १ गोलले पछि परेको जर्मनीका लागि ५२औं मिनेटमा मार्का रिउसको पासमा सर्ज जिनाब्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
८१औं मिनेटमा वैकल्प्कि खेलाडी थोमस मुलरले गोल गर्दै जर्मनीको जित पक्का गरे। ६७ औं मिनेटमा टिमो वेर्नरको स्थानमा मैद्यान छिरेका मुलरले लियोन गोरेट्जकाको पासमा गोल गरेका थिए ।
यो जितपछि जर्मनी ७ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित रोमानिया १० अंकसहित चौथो स्थानमा रहेको छ। समान १२ अंक रहे पनि नर्थ म्यासेडोनियाले रोमानियालाई गोल अन्तरमा पछि पार्दै दोस्रो स्थानमा रहेको छ।
आइसल्यान्ड ५ अंक जोडेर पाँचौं स्थानमा रहँदा लिचेस्टाइन १ अंक जोडेर पुछारमा रहेको छ।
यही समूह ‘जे’ को गए रातिनै भएको अर्को खेलमा नर्थ म्यासेडोनियाले लिचेस्टाइनलाई ४–० ले पराजित गर्दा आइसल्यान्ड र अर्मेनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए।