स्पेनले विश्वकप छनोटमा ग्रिसमाथि संघर्षपूर्ण जित निकालेको छ।
फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा समूह ‘बी’मा रहेको स्पेनले ग्रीसमाथि उसकै मैदानमा १–० को झिनो जित निकालेको हो ।
स्पेनलाई महत्वपूर्ण जित जिताउन पाब्लो सारावियाले गोल गरे।
एथेन्समा बिहीबार राति भएको खेलको २६औं मिनेटमा पाब्लो सारावियाले पेनाल्टीमार्फत गोल गरेका थिए। उक्त गोल नै निर्णायक बन्यो।
इनिगो मार्टिनेजलाई पेनाल्टी बक्समा डिमिट्रिओस जियाननोउलिसले फउल गरेपछि रेफ्रीले स्पेनलाई पेनाल्टी प्रदान गरेको थियो। त्यसपछि थप गोल नहुँदा स्पेन १-०ले विजयी भयो।
यो जितसँगै स्पेन ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ।
गएरातिनै भएको अर्को खेलमा जर्जियासँग २-० ले हारेको स्वीडेनले शीर्ष स्थानमा कायमै रहने मौका गुमायो। स्वीडेनको ७ खेलबाट १५ अंक जोडेको छ। जर्जियासँगको हारपछि स्वीडेन ७ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा झरेको छ। यस्तै तेस्रो स्थानमा रहेको ग्रिसको समान खेलबाट ९ अंक जोडेको छ। जर्जिया ७ अंक जोडेर चौथो स्थानमा रहेको छ । कोसोभो ४ अंक जोडेर पुछारमा छ ।