नेदरल्यान्ड्सले मोन्टेनेग्रोसँग बराबरी खेलेको छ।
फिफा विश्वकपको युरोपियन छनोटमा शनिबार राति सुरूआती दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स २-२ को बराबरीमा रोकिएको हो ।
नेदरल्याण्डले अन्तित ८ मिनेटमा २ गोल खाएको थियो।
खेलको ३५ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई सुरूआती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १-० ले अघि रहेको नेदरल्याण्ड खेलको ५४ औं मिनेटमा डिपेले नै व्यक्तिगत दोस्रो गोल गरेपछि अग्रता दोब्बर बनायो।
दोस्रो हाफमा निकै सुधारिएको प्रदर्शन गरेको मोन्टेनेग्रोले ८२ औं मिनेटमा लिजा भुकोटिकको गोलबाट खेलमा फर्कने संकेत देखायो। खेल सकिन ४ मिनेट बाँकी हुँदा निकोला भुज्नोभिकले गोल गर्दै मोन्टेनेग्रोलाई २-२ को बराबरीमा ल्याएका थिए।
यो बराबरीसँगै नेदरल्यान्ड्सले ९ खेलबाट २० अंक जोड्दै समूह ‘जी’ को शीर्ष स्थानमा कायमै छ।
टर्की र नर्बे समान खेलमा समान १८-१८ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा छन्। यता मोन्टेनेग्रो १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
नेदरल्यान्ड्सले समूह चरणको अन्तिम खेलमा नर्वेको सामना गर्नेछ ।