फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेलेका छन्। बुधबार बिहान सम्पन्न आगामी वर्ष कतारमा हुने विश्वकप छनोटका लागि दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाले गोलरहित बराबरी खेलेका हुन्।
अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको केही राम्रा मौकालाई सदुपयोग गर्न सकेनन्। यो बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ। समूहको शीर्ष स्थानमा रहेको ब्राजिल यसअघि नै कतार विश्वकपमा छनोट भईसकेको छ ।
आज अर्जेन्टिनाविरूद्ध ब्राजिल नेयमार बिनै मैदानमा उत्रिएको थियो। खुट्टामा चोट बोकेका नेइमार अझै केही समय मैदान बाहिरै रहनेछन्।
अर्जेन्टिना समान १३ खेलबाट २९ अंक भएको छ। समूहको दोस्रो स्थानमा रहेको अर्जेन्टाको विश्वकपमा छनोट हुने सम्भावना बलियो छ।
ब्राजिल यसअघिनै विश्वकपमा छनोट भइसके पछि अब यो क्षेत्रबाट बाँकी ३ टोली छनोट हुन बाँकी छ।
समूहको तेस्रो स्थानमा रहेको इक्वेडरको २० अंक छ भने चौथो स्थानमा रहेको कोलम्बियाको १७ अंक छ।