१० खेलाडीमा समेटिएको म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति युनाइटेडले घरेलु टोली वाट्फोर्डसँग ४–१ को हार बेहोरेको हो ।
घरेलु टोलीलाई जिताउन जोसुआ किङ, इस्माइला सार, जोओ पेड्रो र इमानुएल डेनिसले गोल गरेका थिए। युनाइटेडका डोनी भान डि विकले सान्तवना गोल फर्काएका थिए।
भिकारेज रोड वाट्फोर्डमा घरेलु टोलीले खेलको २८ औं मिनेटमा गोल गर्दै सुरूआती अग्रता लिएको थियो। इमानुएल डेनिसको पासमा जोसुआ किङले गोल गर्दै वाट्फोर्डलाई सुरूआती अग्रता दिलाएका थिए।
खेलको ४४ औं मिनेटमा इस्माइला सारले गोल गर्दै वाट्फोर्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। दोस्रो हाफको सुरूमै क्रिस्टियानो रोनाल्डोको पासमा डोनी भान डि विकले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा फर्कने संकेत दिए।
तर, ६९ औं मिनेटमा ह्यारी मगाएर दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समेटियो। त्यसको प्रत्यक्ष फाइदा घरेलु टोलीले लियो। खेलको इन्ज्युरी समयमा जोओ पेड्रो र इमानुएल डेनिसले गोल गर्दै घरेलु टोलीला२ सानदार जित दिलाए।
यो जितसँगै वाट्फोर्ड १२ खेलबाट १३ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ। पराजित युनाइटेड १७ अंक जोडेर सातौं स्थानमा छ। हारसँगै युनाइटेडले पाँचौ स्थानमा उक्लने अवसरसमेत गुमाएको छ।
लिगमा २९ अंकसहित चेल्सी शीर्ष स्थानमा कायमै छ। दोस्रो स्थानमा रहेको लिभरपुलको २५ अंक छ।