च्याम्पियन्स लिग फुटबल अन्तर्गत आफ्नो पाँचौ खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ।
गएराति सम्पन्न समूह ई अन्तर्गतको खेलमा बार्सिलोना पोर्चुगीच क्लब बेनिफिकासँग गोलरहित बराबरीमा रोकिएको हो।
यो बराबरीपछि अब बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा संकटमा परेको छ। अब बार्सिलोना अन्तिम १६ मा जाने निर्णय समूहका अन्तिम खेलबाट टुंगो लाग्नेछ।
बार्सिलोनाको अन्तिम खेल बायर्न म्युनिखसँग छ। अन्तिम खेलमा बार्सिलोना पराजित भए र अर्को खेलमा बेनिफिकाले डाइनामो किभलाई हराएमा बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिने छ।
तर बेनिफिका बराबरीमा मात्र रोकिएमा बार्सिलोना बायर्नसँग पराजित भए पनि अन्तिम १६ मा पुग्नेछ।
समूह ई अन्तर्गत नै भएको खेलमा बार्यन म्युनिखले डिनामो किएभलाई २–१ ले समूहमा शतप्रतिश जित निकालेको छ।
जित निकालेको बार्यन १५ अंकसहित शीर्ष स्थानमा छ। बार्सिलोना सात अंकसहित दोस्रो स्थानमा छ। पाँच अंकसहित बेन्फिका तेस्रो स्थानमा छ । पुछारमा रहेको डिनामो किएभको मात्रै एक अंक भएको छ।