इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुलले एभर्टनमाथि ४-१ गोल अन्तरमा सानदार जित निकालेको छ।
घरेलु मैदानमा लिभरपुललाई जिताउन मोहमद सलाहले २ तथा जोता र हेन्डर्सनले १-१ गोल गरे। एभर्टनका लागि ग्रेले गोल गरे।
खेलको नवौं मिनेटमा हेन्डर्सनको गोलबाट सुरूवाती अग्रता लिएको चेल्सीले सलाहको गोलमा अग्रता दोब्बर पार्यो। खेलको ३८ औं मिनेटमा एभर्टनका लागि ग्रेले गोल गर्दै खेलमा फर्कने संकेत देखाए। उनले रिचार्लिसनको पासमा गोल गरेका थिए।
पहिलो हाफमा २-१ ले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो। उसका लागि खेलको ६४ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३-१ मा पुर्याए। त्यसपछि खेलको ७९ औं मिनेटमा जोताले गोल गर्दै टोलीलाई स्पस्ट जित दिलाए।
उनले रोबेर्टसनको पासमा गोल गरेका थिए।
जितसँगै लिभरपुलले १४ खेलबाट ३१ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानको चेल्सीसँग २ अंकको दुरी छोट्याएको लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग १ अंक दुरी छोट्याएको छ।