फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यो सिजन पहिलोपटक घरेलु मैदानमा बराबरीमा रोकिएको छ। बुधबार राति भएको खेलमा निससँग गोलरहित बराबरी रोकिएको पिएसजी घरेलु मैदानमा पहिलो पटक जितबिहिन बन्यो।
सातौं बालोन डी’ओर जितेका लियोनल मेसी, एम्बाप्पेसहितको पिएसजी घरेलु मैदानमा गोल गर्न सकेन।
चोटका कारण नेइमार मैदान बाहिर छन्।
मैदानमा खेल सुरू हुनअघि मेसी आफूले पाएको सातौं बालोन डी’ओरसहित प्रस्तुत भएका थिए। उनलाई समर्थकले तालीले बधाई दिएका थिए।
यो बराबरीसँगै शीर्ष स्थानमा रहेको पिएसजीको १६ खेलबाट ४१ अंक भएको छ। यस्तै दोस्रो स्थानमा उक्लिएको मार्सेइली २९ अंक जोडेको छ।