इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकालेको छ।
समूह चरणको अन्तिम खेलमा गए राति इटालियन क्लब एसी मिलानलाई उसकै मैदानमा २–१ ले हराउँदै लिभरपुल समूह चरणमा शतप्रतिशत जितसहित १८ अंकसहित नकआउट चरणमा प्रवेश गर्यो।
लिभरपुलको जितमा मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरे। घरेलु टोलीका फिकायो टोमोरीले एक गोल फर्काए ।
घरेलु मैदानमा फिकायो टोमोरीको २८ औं मिनेटमा गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए। ३६औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेलला२ पहिलो हाफमा १-१ को बराबरीमा ल्याए।
खेलमा ५२ प्रतिशत बल पोजिशन राखेको लिभरपुका लागि ५५औं मिनेटमा डिभोक ओरिगीले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए।
सुरूआती अग्रता जोगाउन नसक्दा मिलान पराजित हुन पुग्यो।
जितसँगै लिभरपुल समूह ‘बी’ मा ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहँदै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्यो।
यता लिभरपुलसँगको हारसँगै ७ वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको एसी मिलानले समूह चरणबाटै बाहिरियो।
यही समूहको अर्को खेलमा पोर्चुगिज क्लब पोर्टोलाई ३–१ ले हराउँदै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड समूह उपविजेताको रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। म्याड्रिडले ६ खेलमा २ जितसहित ७ अंक जोड्दा पोर्टोको ५ र मिलानको ४ अंक रह्यो।