इंग्लिस क्लब टोटेनहमका आठ खेलाडी र ५ जना कर्मचारीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ।
टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेका अनुसार युरोपा कन्फेरेन्स लिग अन्तर्गत रेनसविरूद्धको खेलअघि गरिएको परीक्षणमा खेलाडीमा कोरोना देखिएको हो।
आफ्ना प्रमुख खेलाडीलाई कोरोना संक्रमण भएपछि टोटनहम र रेनसबीच बिहिबार हुने खेल स्थगित भएको छ।
कोन्टेले टोलीमा हरेक दिन कोरोनाका केश देखिएकाले भोलि के हुने भनेर अलिक डराइरहेको बताएका छन्। ‘अब, निश्चित रूपमा, हामी अलि डराउँछौं किनभने भोलि के हुन्छ हामीलाई थाहा छैन। हरेक दिन, हामीसँग पोजेटिभ केशहरू आइरहेका छन्। यो राम्रो अवस्था होइन’, उनले भने।
टोटेनहमले बिहीबार रेनससँग खेल्ने तालिका थियो। अन्तिम ३२ को सम्भावना कायम राख्न टोटेनहमलाई रेनेसविरूद्ध खेल जित्नुपर्नेछ।
त्यसैगरी, टोटेनहमले आइतबार प्रिमियर लिगमा ब्राइटनविरुद्ध खेल्ने तालिका छ।