इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्वीस क्लब योङ ब्वाइजसँग बराबरीमा रोकिएको छ।
च्याम्पियन्स लिगअन्तर्गत बुधबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन्।
सुरूवाती अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै युनाइटेड अंक बाँड्न बाध्य बन्यो
खेलको नवौं मिनेटमा मेसन ग्रीनउडको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो। ४२ औं मिनेटमा फावियनले बराबरी गोल फर्काउँदै पहिलो हाफमै खेल बराबरीमा पुगेको थियो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा टुंगियो ।
यो बराबरीसँगै समुह ‘एफ’ को विजेताका रूपमा अन्तिम १६ मा स्थान पक्का गरेको युनाइटेडले ६ खेलमा ११ अंक जोड्यो। योङ ब्वाइजले ५ अंकका साथ पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ ।
यही समूहको इटालियन क्लब एटलान्टा र स्पेनिस क्लब भिल्लारियलबीचको खेल अत्यधिक हिमपातका कारण रोकियो। अब बिहिबार हुने यो खेलबाट नै यो समूहबाट अन्तिम १६ मा पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ। हाल भिल्लारियल ७ अंकका साथ दोस्रो तथा ६ अंक जोडेको एटलान्टा तेस्रो स्थानमा छन्।