स्पेनिस ला लिगामा यो सिजनको पहिलो ‘म्याड्रिड डर्वी’ मा रियल म्याड्रिडले सहज जित निकालेको छ। घरेलु मैदानमा रियलले एट्लेटिको म्याड्रिडलाई २–० ले हराएको हो।
घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले गोल गरे।
बेन्जेमाले खेलको १६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।
पहिलो हाफसम्म १-० ले अगाडि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गर्यो। उसका लागि मार्को एसेन्सियोले खेलको ५७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे।
यसपछि दुबै टिमबाट गोल भएन र खेल रियलले सहज जित्यो।
यो जितसँगै रियलले शीर्षस्थानमा आफ्नो स्थान थप मजवुत बनाएको छ । रियलको १७ खेलबाट ४२ अंक बनाएको छ।
रियलले दोस्रो स्थानमा रहेको एक खेल कम खेलेको सेभियासँग ८ अंकको दूरी बनाएको छ। पराजित एट्लेटिको १६ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा कायमै छ।