खराब लय जारी राखेको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा गएराति ओसासुनासँग बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २-२ गोलको बराबरी खेलेको हो । दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो।
ओसासुनाको मैदानमा १२ औं मिनेटमा गोल गर्दै निको गोन्जालेजले बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १४ औं मिनेटमा डाभिड गार्सियाले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थप १-१ गोल भयो।
खेलको ४९ औं मिनेटमा अब्डे इजालजुलीले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए।
तर, खेलको अन्तिम तीन मिनेट बाँकी रहँदा इजिक्वेल एभिलाले गोल गर्दै ओसासुनालाई २-२ गोलको बराबरीमा फर्काए।
यस बराबरीसँगै बार्सिलोनाले १६ खेलमा २४ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ।
ओसासुना २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ। लिगमा ४२ अंक जोडेको रियल म्याड्रिड शीर्ष स्थानमा कायमै छ।