इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि ४–० गोल अन्तरको जित निकालेको छ।
गएराति भएको खेलमा शीर्ष स्थानको सिटीले न्युक्यासललाई ४–० गोल अन्तरमा हरायो।
सिटीको जितमा रुबेन डियास, जोआ कान्सेलो, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक/एक गोल गरे।
खेल सुरु भएको पाँच मिनेटमै रूबेन डियासले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाए। यस्तै, खेलको २७औं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै पहिलो हाफमै २-० को अग्रता दिलाए।
यस्तै खेलको ६३ औं मिनेटमा रियाद महरेज ले गोल गर्दै अग्रता तेब्बर बनाए र ८६ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गरेपछि सिटीले खेल ४-० गोल अन्तरमा जित्यो।
जितसँगै सिटीले १८ खेलमा ४४ अङ्क जोडेको छ। न्युक्यासल १० अङ्क जोडेर १९ औँ स्थानमा छ।
शीर्षस्थानमा सिटीको ४ अंकको अग्रता रहेको छ। लिभरपुल ४० अंकसहित दोस्रो स्थानमा छ भने चेल्सी ३८ अंकसहित तेस्रो स्थानमा छ।