फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) हारबाट जोगिएको छ।
१० खेलाडीमा सीमित भएको पिएसजी लोरिएन्तसँग १–१ को बराबरी खेल्दै हारबाट जोगिएको हो ।
४० औं मिनेटमा घरेलु टोली लोरिएन्तका लागि मोनकोडुइटले गोल गरेका थिए। पहिलो हाफमा १-० ले पछाडि रहेको पिएसजीका गोल गर्ने केही राम्रा अवसर खेर फालेको थियो।
अत्यन्तै प्रतिश्पर्धात्मक खेलको ८६ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर रामोस मैदान बाहिरिएपछि पिएसजी १० खेलाडीमा समेटियो।
हार नजिक पुगेको पिएसजीका लागि इन्जुरी समयको पहिलो मिनेटमा आइकार्डीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
यो बराबरी पछि पिएसजीको १९ खेलबाट ४६ अंक भएको छ। उसले दोस्रो स्थानमा रहेको नाइस र मार्सेइलेसँगको अंक दूरी १३ राखेको छ।
यस्तै रेलिगेशन जोनमा रहेको लोरिएन्त ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।