करिब बेन्जिमाको दुई गोलको सहयोगमा शीर्ष स्थानको रियल म्याड्रिड विजयी भएको छ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति अवे मैदानमा भएको खेलमा म्याड्रिडले एथ्लेटिको बिल्बाओमाथि २–१ को जित निकालेको हो।
रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे। उनले खेलको चौथो र सातौं मिनेटमा गोल गरेका थिए। त्यसको तीन मिनेटपछि एथ्लेटिको बिल्बाओले गोल फर्काएको थियो। खेलको १० औं मिनेटमा सान्सेटले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए।
त्यसपछि खेलमा दुबै टोलीले केही राम्रा अवसर खेर फाल्दा थप गोल गर्न सकेनन्। र म्याड्रिय २-१ ले विजयी भयो।
जितपछि शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको १९ खेलबाट ४६ अंक भएको छ। उसले दोस्रो स्थानमा रहेको सेभिल्लासँगको अंक दूरी ८ पुर्याएको छ। पराजित एथ्लेटीको बिल्बाओ २४ अंकसहित १० औं स्थानमा छ।