मोरङको सुनवर्षी नगरपालिकामा चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्डकप आगामी फागुन ७ गतेदेखि हुने भएको छ।
प्रतियोगितामा नेपाल, भारत र भुटानका १२ टिमले सहभागिता जनाउने आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
प्रतियोगिताको विजेताले नगद ५ लाख ११ हजार र उपविजेताले २ लाख ५१ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन्।
भेट्रान्स तर्फकै सर्वाधिक राशि भएको प्रतियोगीतलाई मोरङ जिल्ला खेलुकद संघ र एन्फाको तर्फबाट विषेश सहयोग रहने पत्रकार सम्मेलनमा मोरङ खेलकुद संघका अध्यक्ष दिपेन्द्र धिमालले जानकारी दिए।
राष्ट्रिय र अन्तराष्ट्रियका चर्चित टिमसहित सञ्चालन हुने प्रतियोगीता अमरदहस्थित वीरेन्द्र सार्वजनिक मावीको खेल मैदानमा हुनेछ।
प्रतियोगिताको अनुमानित लागत ३० लाख रूपैँया रहने ढल्केजोवन प्रतियोगिताका अध्यक्ष तथा सुनवर्षी नगरपलिका २ का वडा अध्यक्ष प्रताप तामाङले जानकारी गराए।