इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीले रोमाञ्चक जित निकालेको छ।
लिग अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० ले हराउँदै लिगमा शीर्ष स्थानको अग्रता ८ अंकमा पुर्याएको छ।
म्यानचेस्टर सिटीको जितमा फिल फोडिनले निर्णायक गोल गरे।
खेलको १६ औं मिनेटमा केविन डी ब्रूयनाको पासमा फोडिनले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाएका थिए।
घरेलु टोलीले गोल गर्ने केही राम्रा मौका खेर फाल्दा हार व्यहोर्नुपर्यो। फिडिनको गोल नै म्यानचेस्टर सिटीको जितका लागि निर्णायक बन्यो ।
यो जितसँगै शीर्षस्थानको म्यानचेस्टर सिटीले २० खेलबाट ५० अंक बनाएको छ। यस्तै गएरातिनै ब्राइटनसँग १–१ को बराबरी खेलेको चेल्सी दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट चेल्सीको ४२ अंक भएको छ।
तेस्रो स्थानमा झरेको लिभरपुलको ४१ अंक छ।