इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदार चेल्सीले सुरूआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ।
गएराति ब्राइटनसँग अन्तिम मिनेटमा अंक बाँड्दै चेल्सी बराबरीमा रोकिएको हो।
लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक घटाउने चेल्सीको योजनामा ब्राइटनका सब्स्टिच्यूट खेलाडी ड्यानी वेलबेकले इन्जुरी समयमा गरेको नाटकीय गोल बाधक बन्यो।
खेलको २८ औं मिनेटमा लुकाकुको गोलबाट सुरूआती अग्रता लिएको चेल्सीले ९० मिनेटसम्म खेलमा अग्रता लिए पनि अन्तिम मिनेटमा गोल खान पुगेको थियो।
यो बराबरीसँगै चेल्सीले लिभरपुलसँगको अंक दूरी बढाउने मौकासमेत गुमायो। २० खेलबाट ४२ अंकसहित चेल्सी दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट ५० अंक जोडेको सिटी शीर्ष स्थानमा कायमै छ।