इटालियन सिरी ‘ए’ मा युभेन्ट्स र नेपोलीले १–१ गोलको बराबरी खेलेका छन्।
घरेलु मैदानमा युभेन्ट्सले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो। नेपोलीका ड्रिएस मेर्टिन्सले गोल गर्दा युभेन्ट्सका फेडरिको चिइसाले बराबरी गोल फर्काएका थिए।
टुरिनमा बिहीबार राति भएको खेलको २३औं मिनेटमा मेर्टिन्सको गोलबाट नेपोलीले सुरूवाती अग्रता लिएको थियो। उनले माटियो पोलिटानोको पासमा गोल गरेका थिए।
पहिलो हाफमा १-० ले पछि परेको युभेन्टसका लागि ५४औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै हारबाट जोगाए ।
यो बराबरीसँगै नेपोली २० खेलबाट ४० अंक जोडेर तेस्रो स्थानमा रहेको छ। यस्तै युभेन्ट्स २० खेलबाट ३५ अंक जोडेर पाँचौ स्थानमा छ।
गएरातीनै भएको अर्को खेलम रोमालाई हराउँदै मिलानले शीर्षस्थानको इन्टर मिलानसँगको अंक दुरी १ मा छोट्याएको छ।
मिलानको २० खेलबाट ४५ अंक पुगेको छ। एक खेल कम खेलेको इन्टरको ४६ अंक छ। पराजित रोमा ३२ अंकसहित सातौं स्थानमा छ।