स्पेनिस ला-लिगामा सुरूआती अग्रता जोगाउन नसक्दा बार्सिलोना ग्रान्डासँग बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा ग्रान्डासँग १-१ गोलको बराबरीमा रोकिएसँगै बार्लोनाले शीर्ष तीनमा पुग्ने अवसर गुमाएको हो।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफको ५७ औं मिनेटमा डेनी अलभेसको पासमा डे जोङले गोल गर्दै बार्सिलोनालाई सुरूआती अग्रता दिलाएका थिए।
बार्सिलोना खेलको ७९ औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो। पाइज गाभिरा दोहोरो पंहेलो कार्डका कारण मैदानबाट बाहिरिएका थिए।
खेलको अन्तिम मिनेटमा एन्टोनीयो पुर्टसले सानदार गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
बार्सिलोनाले अब वुधबार रियल म्याड्रिडसँग स्पेनिस सुपर कपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ। ग्रान्डा भने लालिगाको क्लब इतिहासमै लगातार ७ खेलमा अपराजित छ।
बराबरी पछि बार्सिलोनाले २० खेलबाट ३२ अंक बनाएको छ। एट्लेटिको म्याड्रिड समान अंक भए पनि बार्सिलोना छैठौं स्थानमा छ। रियल सोसिडाड पनि ३२ अंक सहित चौंथो स्थानमा छ। रियल बेटिस ३३ अंकका साथ तेस्रो स्थानमा छ। ग्रान्डा २४ अंकसहित १२औं स्थानमा छ।