इटालियन सिरि ए फुटबलमा इन्टर मिलान पुनः शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति लाजियोमाथि २–१ गोल अन्तरको जित निकाल्दै इन्टर तालिकाको शीर्ष स्थानमा पुनः उक्लिएको हो।
एलेसान्ड्रो वेस्टोनीले गोल गर्दै ३० औं मिनेटमा मिलानलाई सुरूआती अग्रता दिलाएका थिए । किरो इमोबिलले ३५ औं मिनेटमा गोल गरेपछि लाजियोले पहिलो हाफमै खेल १–१ गोलको बराबरीमा ल्याएको थियो ।
दोस्रो हाफमा इन्टर मिलानले गोल थपेपछि जित पक्का गरेको थियो । ६७ औं मिनेटमा मिलान क्रिनियरले गोल गर्दा इन्टरले घरेलु मैदानमा स्पष्ट ३ अंक लिन सफल भयो ।
आइतबार रातिको खेलमा भेनेजियमाथि जित दर्ता गर्दै एसीमिलान शीर्ष स्थानमा उक्लिएको थियो। तर इन्टर मिलान विजयी भएपछि एसी मिलान १ अंकले पछि पर्दै पुनः दोस्रो स्थानमा झरेको छ । इन्टर मिलानको ४९ अंक हुँदा एसी मिलानको ४८ अंक रहेको छ।
इन्टरसँग पराजित लाजियो ३२ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ।