इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रोमामाथि युभेन्टसले रोमाञ्चक जित निकालेको छ।
युभेन्टसले रोमामाथि ४–३ गोल अन्तरको रोमाञ्चक जित निकालेको हो।
रोमाका लागि ट्यामी अब्राहम, एमखितार्यान र पिलिग्रिनीले गोल गर्दा युभेन्टसका लागि पाउलो डिबाला, लोकातेली, कुलुसेभ्स्की र डी स्किग्लिगोले गोल गरे।
खेलको ११ औं मिनटमै घरेलु टोलीका लागि ट्यामी अब्राहमले गोल गर्दै खेलमा सुरूआती अग्रता दिलाए। तर १८ औं मिनेटमा युभेन्टसका डिबालाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
पहिलो हाफसम्म १-१ गोलको बराबरी भएको खेलको ४८ औं मिनेटमा एमखितार्यानले गोल गर्दै पुनः घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि ५३ औं मिनेटमा पिलिग्रिनीले गोल गर्दै रोलालाई ३-१ को अग्रता दिलाए।
त्यसपछि ७० देखि ७७ औं मिनेटको बिचमा युभेन्टसले तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गर्यो।
उसका लागि ७० औं मिनेटमा लोकातेलीले गोल गर्दै खेललाई ३-२को स्थितिमा ल्याए। त्यसपछि ७२ औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याए। ७७ औं मिनेटमा डी स्किग्लिगोले गोल गर्दै खेलमा अग्रता दिलाए।
८१ औँ मिनेटमा डी लिग्ट दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो।
तर पनि रोमाले त्यसको लाभ लिन सकेन। खेलको ८३ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा रोमा घरेलु मैदानमा ४-३ ले पराजित हुन पुग्यो।
जितपछि पाँचौं स्थानमा रहेको युभेन्टसको २१ खेलबाट ३८ अंक भएको छ। २१ खेलबाट ३२ अंकसहित रोमा सातौं स्थानमा छ।